भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत विरतण
जुम्ला। पातारासी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित यहाँका ४९ घरपरिवारलाई राहत वितरण गरेको छ। रोजगारीको सिलसिलामा रसुवा पुगेका पातारासीका ४९ जना बाढीमा बेपत्ता भएका थिए।
गाउँपालिकाले बाढीपीडित प्रतिपरिवारलाई रु ३० हजारका दरले रकम वितरण गरेको हो। गाउँपालिकाका अनुसार वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको साझेदारीमा परियोजनाअन्तर्गत कुल रु १४ लाख ७० हजार सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए।
यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए), ग्रेट हिमालयज नेपलिज रेस्टुरेन्ट साउथपोर्ट, यूके) तथा लिभरपुल नेपाली समाजको संयुक्त रुपमा रु पाँच लाख बराबरको राहत सामग्री प्राप्त भएको गाउँपालिकाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment