एनपीएलमा पहिलो पटक अम्पाएरको निर्णय पुनरावलोकन हुने डीआरएस लागू
काठमाडौं। एनपीएलमा पहिलो पटक अम्पाएरको निर्णय पुनरावलोकन हुने डीआरएस लागू हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) लागू गर्ने निर्णय भएको जानकारी दिएको हो।
यससँगै नेपाली क्रिकेटमा नयाँ उपलब्धि थपिएको छ। डीआरएसको प्रयोगले खेलका क्रममा अम्पायरको निर्णय पुनरावलोकन गर्न सकिनेछ, जसले खेललाई थप निष्पक्ष र विश्वसनीय बनाउन सहयोग पुग्नेछ।
एनपीएलको तेस्रो संस्करणमा आइसीसीले मान्यता दिएपछि टेस्ट खेल्ने देशका खेलाडीहरु पनि धमाधाम भित्रिरहेका छन्।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुदैछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment