सिरानडाँडामा रोटे पिङको रौनक, मौलिक संस्कृति जोगाउँदै स्थानीय

डिसी नेपाल
३ कार्तिक २०८३ १९:०५
8
Shares

गोरखा । बडादसैँको पावन अवसरमा गोरखाको अजिरकोट गाउँपालिकास्थित सिरानडाँडामा परम्परागत रोटे पिङ निर्माण गरिएसँगै गाउँमा छुट्टै चहलपहल र रमाइलो थपिएको छ।

रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा गाउँबाहिर रहेका आफन्त र गाउँलेहरू चाडपर्व मनाउन घर फर्किने क्रम बढेसँगै गाउँघरमा चाडपर्वको रौनक ह्वात्तै बढेको छ।

दसैँको परम्परालाई निरन्तरता दिँदै स्थानीयवासीले सामूहिक रूपमा रोटे पिङ निर्माण गरेर मनोरञ्जन लिने गरेका छन्। गाउँमा रोटे पिङ हालिएसँगै सबै उमेर समूहका मानिसहरू एकापसमा भेला भएर दसैँको खुसी साटासाट गरिरहेका छन्। लामो समयपछि घर फर्किएका आफन्त र साथीभाइहरूबीचको भेटघाटले गाउँको वातावरण थप उल्लासमय बनेको छ।

दसैँमा पिङ खेल्ने परम्पराले केवल मनोरञ्जन मात्र नभई आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सम्बन्धलाई अझ प्रगाढ र बलियो बनाउन ठूलो सहयोग पुर्‍याउँदै आएको छ।

आधुनिकताको प्रभावसँगै लोप हुने जोखिममा रहेका यस्ता मौलिक संस्कृति र परम्पराको संरक्षणमा स्थानीयवासीको यो सामूहिक प्रयासले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *