कृषि अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ

डिसी नेपाल
१३ कार्तिक २०८३ ८:५१
8
Shares

काठमाडौँ । कृषि फार्मका लागि सहुलियत अनुदान उपलब्ध गराइदिने भन्दै रु. ५ करोड ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल रहेका छन्। उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बिहीबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग आफ्नो राम्रो चिनजान रहेको र कृषि फार्म सञ्चालनका लागि सहजै सहुलियत अनुदान मिलाइदिन सक्ने भन्दै पीडितलाई प्रलोभनमा पारेका थिए। सोही विश्वास दिलाएर उनीहरूले विभिन्न व्यक्तिबाट रु. ५ करोड ८० लाख ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

काठमाडौँ जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिएर पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *