महरा सरकारी वकिलको कार्यालयमा,आजै जिल्ला अदालत पेश गरिने
तस्बिर : आर्यन धिमाल/डिसीनेपाल डटकम
काठमाडौं। प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ। त्यहाँबाट महरलाई म्याद थपका लागि जिल्ला अदालतमा लगिनेछ।

संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिएका थिए। महरलाई प्रहरीले असोज १९ गते पक्राउ गरेको थियो।

असोज १३ गते राजीनामा दिएका महरालाई काठमाडौं जिल्ला अदालतले काठमडाौं जिल्ला अदालतले पक्राउपूर्जि जारी गरेको थियो।

संसद सचिलायमा कार्यरत रोशनी शाहीले आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको थियो।


प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment