गोदावरी नदीबाट एक जनाको उद्धार
कैलाली। कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले आज उद्धार गरेको छ।
गोदावरी नदीको बीच भागमा फसेका बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्लको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक हिरासिंह महराले जानकारी दिए।
नदीको बीच भागमा फसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै प्रहरीले मल्लको उद्धार गरेको हो।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment