विमानस्थल तोडफोड गरेको अभियोगमा पक्राउ परेका सांसद साधारण तारेखमा रिहा

डिसी नेपाल
१ कार्तिक २०७६ १४:३९

काठमाडौं। विमानस्थल तोडफोड गरेको अभियोगमा पक्राउ परेको राजपा सांसद प्रमोद साह साधारण तारेखमा हिरा भएका छन्।

जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरकोको टिकट काउन्टरमा तोडफोड गरेको अभियोगमा मंगलबार काठमाडौंबाट प्रहरीले सांसद साहलाई पक्राउ गरेको थियो।

जिल्ला अदालत धनुषामा शुक्रबार भएको थुनछेक बसहपछि उनलाई रिहा गरिएको हो। न्यायाधीश तेजनारायण पौडेलको इजलासले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। उनको पक्राउप्रति राजपाले आपत्ति जनाउँदै आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *