नेकपा सांसद गुरुङलाई साधारण तारेखमा छाडियो

डिसी नेपाल
३ कार्तिक २०७६ १७:२७

काठमाडौं। ज्यान मार्ने उद्योगका आरोपी नेकपा सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाडेको छ। जिल्ला अदालत काठमाडौंले ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी गरेको करिब १ महिनापछि आइतबार गुरुङ अदालतमा हाजिर भएका थिए।

जिल्ला अदालत काठमाडौंका न्यायधीश पूर्णेश्वर प्रसाद उपाध्यायको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो।

उनलाई गएको असोज ८ गते पक्राउ गर्न पुर्जी जारी गरिएको थियो।

दोलखाबाट निर्वाचित सांसद गुरुङविरुद्ध दोलखाकै विरध्वज खड्काले ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेका थिए। २०७४ मा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन एमाले उम्मेदवार माओवादी कार्यकर्ताले हत्या गरेको बताइएको थियो।

सो हत्यामा संलग्न भनिएका खड्कामाथि काठमाडौंको चावहिलमा आक्रमण भएको थियो। सोही घटनापछि खड्काले पार्वत गुरुङसहित अन्य ८ जनाविरुद्ध ज्यान मार्ने मुद्दा दायर गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *