‘मलाई बोल्न दे सरकार’ भन्दै काठमाडौंमा अखिल नेपाल युवक संघको विरोध प्रदर्शन
काठमाडौं । अखिल नेपाल युवक संघ काठमाडौंले सरकारको जनविरोधी नीति तथा सुकुम्बासीमाथि भएको व्यवहारको विरोध गर्दै आइतबार माइतीघरमण्डलामा प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘हत्यारा सरकार मुर्दावाद’,‘सुकुम्बासीमाथि अमानवीय व्यवहार बन्द गर’, ‘मलाई बोल्न दे सरकार’, ‘बालेन-सुधनको अराजकताले सुकुम्बासी जनताको उठीबास’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।
संघले सरकारका जनविरोधी निर्णय फिर्ता लिन, सुकुम्बासीमाथि भइरहेको दमन रोक्न तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गर्दै विरोध कार्यक्रम गरेको जनाएको छ।









No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment