विप्लव समूहका नेता पौडेल प्रहरीसँगको भिडन्तमा नमारिएको आयोगको निश्कर्ष

डिसी नेपाल
४ कार्तिक २०७६ १८:२७

काठमाडौं। सर्लाहीको लालबन्दीमा प्रहरीसँगको भिडन्तमा मारिएको भनिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीको अनावश्यक बल प्रयोग गरेर मारेको राष्ट्रिय मानवअधिकार आयोगले निश्कर्ष निकालेको छ।

पौडेल गएको असार ५ गते प्रहरीसँगको भिडन्तमा मारिएको प्रहरीले जनाएको थियो। तर, उनका आफ्न्त र संसदमासमेत उनको ‘हत्या’ भएको टिप्पणी भएपछि राष्ट्रिय मानवअधिकार आयोगले छानविन गरेको थियो।

सोमबार आयोगको बैठकले पौडेल प्रहरीको अनावश्यक बल प्रयोगमा मारिएको निश्कर्ष निकाल्दै दोषीमाथि कारबाही गर्न निर्देशन दिने जनाइएको छ। सो प्रकरणमा दोषी देखिएका प्रहरीमाथि कारबाही गर्न आयोगले निर्देशन दिइने आयोगले जनाएको छ।

यही प्रकरणको छानविनमा आयोगलाई प्रहरीले शुरुमा असहयोगसमेत गरेको थियो। तर, आयोगले सूचना निकालेरै ताकेता गरेपछिमात्र प्रहरीले सो प्रकरणको प्रतिवेदन आयोगलाई दिएको थियो।

यही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोधसमेत गरेको थियो। राष्ट्रिय मानवअधिकार आयोगले छानविन गर्ने भएपछि काँग्रेसले संसदको अवरोध फिर्ता लिएको थियो। मृतक पौडेलका आफन्तहरुले उनलाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाएका थिए।

विप्लव समूहले पनि विज्ञप्ति जारी गरेर आफ्ना नेतालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको उल्लेख गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *