यहाँ धेरै बच्चा जन्माउने आमाले पाउँछिन् सरकारबाट पदक

डिसी नेपाल
१७ कार्तिक २०७६ २२:५६

नुर सुल्तान (बीबीसी)। कैयौं देशका सरकारहरु धेरै बच्चा भए नागरिकलाई आर्थिक प्रोत्साहन दिन्छन् तर, कजाखस्तान त्योभन्दा निकै अगाडि छ।
कजाखस्तानमा ठूलो परिवारलाई प्रोत्साहन दिइन्छ। यहाँको सरकार परिवारमा धेरै बच्चा भएको देख्न चाहन्छ।

यसैले देशको जन्म दर बढाउन योगदान दिने आमाहरुलाई ‘हीरो मदर्स’ मेडल दिइन्छ। कुनै परिवारमा ६ बच्चा भएपछि रजत पदक दिइन्छ। सात वा त्यो भन्दा धेरै बच्चा जन्माउने आमालाई स्वर्ण पदक दिइन्छ। पदक पाउने आमाले मासिक भत्ता पनि पाउँछन्।

रौशन कोजोमकुलोभा १० बच्चाकी आमा हुन्। उनीसँग रजत र स्वर्ण पदक छन्। आफ्नो उपलब्धिमा कोजोमकुलोभालाई गर्व छ। उनको घरमा ८ छोरी र २ छोरा छन्। खानको टेबलमा सबै बच्चा एकैसाथ खाना खाइरहेका हुन्छन्। सबैभन्दा कान्छो बच्चा ठूलो दाइको काखमा बसेर खाइरहेको छ।

कोजोमकुलोभा आफ्ना पदक टी शर्टमा लगाएर देखाउँछिन्। स्वर्ण पदक पाएपछि उनी आजीवन सरकारी भत्ताको हकदारसमेत बनेकी छन्।

बक्तीगुल हलाइकबेभाका ६ बच्चा छन्। उनलाई काँस्य पदक दिइएको छ र सरकारले हरेक महिना भत्ता दिन्छ। हलाइकबेभाको एक छोरा अझै पनि काखमै छ। उनी भन्छिन्, ‘यो सबैभन्दा कान्छो हो, ४ वर्षको भयो। सबैभन्दा ठूलो १८ वर्षको भयो।’

जो आमाहरु मेडल पाउँदैनन् उनीहरु पनि सरकारबाट आर्थिक सहयोग पाउन सक्छिन्। जो परिवारहरुमा ४ बच्चा छन्, उनीहरुलाई भत्ता दिइन्छ, जबसम्म बच्चा २१ वर्षका हुँदैन।

कजाखस्तानको रुम र सामाजिक कार्यक्रम विभागकी अक्साना एलुसेजोभा भन्छिन्, ‘हाम्रो सरकारको नीति के छ भने हामीलाई हाम्रो देशमा धेरै बच्चा चाहिएको छ। सबै मानिसहरु धेरै बच्चा जन्माउने विषयमा कुरा गर्छन्, जसले हाम्रो देशको जनसंख्या बढाउँछ।’

आमाहरुलाई पदकबाट सुशोभित र आर्थिक सहयोग गर्ने प्रथा सोभियत संघको समयमा शुरु भएको थियो। १९४४ मा सोभियत संघले ‘मदर हीरोइन’ पुरस्कार शुरु गरेको थियो। जुन परिवारमा १० वा त्यो भन्दा धेरै बच्चा जन्माउनेलाई यो पुरस्कार दिइन्थ्यो।

सोभियत समयको तुलनामा अब यो पुरस्कार सानो परिवारलाई दिन दिन थालिएको छ, किनकी जन्म दर उच्च राख्नु कजाखस्तान सरकारको प्राथामिकता हो। हीरो मदर भनिनका लागि कम्तिमा ४ बच्चा हुनु आवश्यक छ।

सरकारले गर्भवती महिलाहरु र एकल आमालाई पनि आर्थिक सहयोग दिन्छ तर, एक वर्षसम्म मात्र।

जो आमाका ४ भन्दा धेरै बच्चा हुन्छन्, सरकारले उनीहरुलाई कुनै आर्थिक सहयोग दिँदैन। केही मानिसहरुले २ वा त्योभन्दा धेरै बच्चा जन्माउनेलाई पनि आर्थिक सहयोग गर्नुपर्ने माग गरेका छन्।

हलाइकबेभा भन्छिन्, ‘केही मानिसहरु सानो परिवारमा धेरै बच्चा जन्माउन डराउँछन् किनकी सरकार पहिलो वर्षमात्र सहयोग गर्छ। यो एक कारण हुनसक्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *