नेपालुञ्ज नाका केही खुकुलो, खुल्न भने अझै समय लाग्ने
फाइल फाेटाे।
नेपालगञ्ज । अयोध्याको जग्गा विवादको फैसलाको कारणले बन्द गरिएको नेपालगञ्ज नाका खुकुलो पारिएको छ । भारतीय सुरक्षाकर्मीले ‘अत्यावश्यक’ कामका लागि जान थालेका व्यक्तिलाई भारततर्फ जान दिएको छ । एम्बुलेन्सलाई जान छुट दिइरहेको भारतीय सुरक्षाकर्मीले आइतबार बिहानैदेखि विशेष कामका लागि भारत जान थालेकाहरुलाई छोडेको छ ।
कामका लागि भारत जान थालेका धेरै मानिसहरु नेपालगञ्ज नाकामा अलपत्र गरेपछि भारतीय पक्षले उनीहरुलाई जान दिएको हो । दसैँ र तिहार मनाएपछि मौसमी कामका लागि भारतका विभिन्न शहरमा जान थालेका पहाडी जिल्लाका नेपालीहरु नाका सील हुँदा नेपालगञ्जमा अलपत्र परेका थिए । अयोध्याको विवादित जग्गामा राम मन्दिर बनाउन दिने र बाबरी मस्जिदलाई अर्को ठाउँमा जग्गा दिने भारतीय सर्वोच्च अदालतको फैसलापछि सुरक्षा चुनौतीहरु देखिन सक्ने आकलन गर्दै नेपालगञ्ज नाका सील गरिएको थियो ।
शनिबार बिहानैदेखि सील गरिएको नेपालगञ्ज नाका आज बिहानदेखि खुकुलो पारिएको छ । भारतीय पक्षले रुपैडिहामा किनमेल गर्न जानेहरुलाई रोकेको छ । नेपालगञ्जलगायत यस क्षेत्रबाट दैनिक ठूलो संख्याका नेपालीहरु भारतीय बजार रुपैडिहामा किनमेल गर्न जाने गर्दछन् ।







डिसी नेपाल








Facebook Comment