रूपज्योतिलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

डिसी नेपाल
२४ कार्तिक २०७६ १६:४७

काठमाडौं। ठगीको उजुरीपछि पक्राउ परेका ज्योति ग्रुपका व्यवसायी रूपज्योतिलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश ओमप्रसाद अर्यालले रूपज्योतिलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएका हुन्।

रूपज्योतिलाई हिरासतमै राखेर अनुसन्धान गर्न शुक्रबार काठमाडौं जिल्ला अदालतले तीन दिनको म्याद दिएको थियो। उक्त म्याद आइतबार सकिएको छ। उनलाई फेरि म्याद थप्न प्रहरीले आज अदालत लिएको थियो। म्याद थप गर्नुपर्ने नपर्ने बहस रूपज्योति आफैंले गरेका थिए।

ठगी मुद्दामा पूर्वअर्थ राज्यमन्त्रीसमेत रहेका रूपज्योति र उनकी छोरी सुरूचिलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.