डा. गोविन्द केसीलाई लिन डडेल्धुरा गएको नेपाली सेनाको हेलिकप्टर रित्तै फर्कियो
फाइल फाेटाे।
काठमाडौं । विभिन्न मागसहित डडेल्धुरा पुगेर अनशनरत डाक्टर गोविन्द केसीलाई लिन पुगेको नेपाली सेनाको हेलिकप्टर रित्तै फिर्ता भएको छ । ८ दिनदेखि अनशनरत डाक्टर केसीले काठमाडौं आउन अस्वीकार गरेपछि हेलिकप्टर फिर्ता भएको हो ।
डा. केसी डडेल्धुराको अमरगढीस्थित एक क्लिनिक रहेको घरको दोस्रो तल्लामा अनशन बसेका छन् । आज डाक्टर केसीलाई सम्झाएर काठमाडौं ल्याउने प्रयास भएको थियो तर उनी नमानेपछि हेलिकप्टर यत्तिकै फिर्ता भएको हो । प्रहरीले बल प्रयोग गरेन । यसअघि जुम्लाबाट काठमाडौं ल्याउने क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए । चिकित्सा शिक्षा क्षेत्रमा ब्याप्त बेथिति अन्त्य लगायतका माग राख्दै आएका केसीले यसपटक ५ बुँदे माग अघि सारेका छन् ।
२०७५ साउनमा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, सबै मेडिकल कलेजले अवैधानिक रूपमा संकलन गरेको रकम फिर्ता गर्नुपर्नेदेखि संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा राजनीतिक नियुक्ति हुन नहुनेसम्मका माग उनले अघि सारेका छन् ।







डिसी नेपाल







Facebook Comment