सिसाखानीको सत्डाँडामा पुग्यो मोटरबाटो : उत्पादन मूलक कार्यमा लाग्न सुझाव
बागलुङ। बागलुङ जिल्लाको बडिगाड गाउँपालिका ३ सिसाखानी अन्तरगत ताकरछेडा बाट सत्डाँडा जोड्ने मोटरबाटोको उद्घाटन गरिएको छ। प्रमुख अतिथि वडा नं ३ का अध्यक्ष खडक पुनले रिवन काटेर बाटोको उद्घाटन गरेका हुन्।
बाटो उद्घाटन गर्दै प्रमुख अतिथी पुनले अब ग्रमीण क्षेत्रका जनता उत्पादन मूलक कार्यमा लाग्नु पर्ने सयम आएको बताएका छन् । ग्रामीण क्षेत्र लाई यतिखेर सडक सञ्जालले जोडी सकेको अवस्थामा ब्यवसायिक कृषि, पशुपालन, लगाएतका ब्यवसायी तर्फ उन्मुख भए मात्र सडक सञ्जालले जोडिएको सार्थकता लाई प्राप्त गर्न सकिने पुनले दावी गरे।
अध्यक्ष पुनले सडकमा सवारीका साधनहरु नियमित रुपमा गुड्ने भए पछि सडकलाई आय मूलक कार्यमा उपयोग गर्न स्थानीय बासिन्दा लाई आग्रह गरे । गाउँको विकासका ढोका अव खुलेकोले जनप्रतिनिधि सँग समन्वय गरेर अगाडी बढ्न स्थनीय वासिन्दालाई उनले आग्रह समेत गरेका छन् ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले यस्ता विकास निर्माणका योजना देखी जनता लाई समुन्नत बनाउने योजना ल्याउनु पर्ने र साबिक सिसाखानी गा.बि.स ७, ८ र ९ का जनतालाइ अत्यावश्यक रहेको खानेपानीको ब्यबस्था गर्न स्थानिय सरकारलाइ आग्रह गरेका थिए ।
सो कार्यक्रममा ताकर सत्डाँडा मोटरबाटो समिति, मोटरबाटो खन्ने डोजर चालक बिराज चोखाल लाई सम्मान समेत गरिएको थियो । कार्यक्रम मोटरबाटो समितिका अध्यक्ष झग बहादुर थापाको अध्यक्षता, बोम बहादुर थापाको स्वागत मन्तब्य र समीर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।







डिसी नेपाल







Facebook Comment