बुधबारको विदेशी मुद्रा विनिमय दर

डिसी नेपाल
२५ पुष २०८० ६:४४

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर संगै युरोपियन युरो घटेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४ पैसाले घटेको हो।

मंगलबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसामा कारोबार भएको थियो। यसैगरी बुधबार युरो एकको खरिदमा १४५ रूपैयाँ ९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७५ पैसा तोकिएको छ ।आज युरोमा १७ पैसाले घटेको केन्द्रिय बैकले जनाएको छ । यसअघि मंगलबार युरो एकको खरिद मूल्य १४५ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ९० पैसा तोकिएका थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रूपैयाँ २१ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९९ रूपैयाँ २३ पैसा र बिक्रीमा ९९ रूपैयाँ ६८ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ २१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २५ पैसा रहेको छ भने चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ५ पैसा तथा बिक्री दर १० रूपैयाँ १० पैसा कायम गरेको जनाइएको छ।

कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ५८ पैसा र बिक्रीदर २८ रूपैयाँ ७० पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ६८ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ६३ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *