धुलिखेलमा स्टार रेटिङ फर स्कुलसम्बन्धि अन्तक्रिया सम्पन्न

डिसी नेपाल
१४ वैशाख २०८१ १०:२७

काठमाडौं। विद्यालय क्षेत्र सुरक्षित राख्ने अभिप्रायले केही वर्ष अगाडि देखि ईन्टरनेशनल रोड एसिसमेन्ट प्रोगामबाट शुरु गरिएको अभियान स्टार रेटिङ फर स्कुल नेपालमा पनि शरु गरिएको छ।

विद्यालयहरुमा विद्यार्थीहरुको विद्यालय यात्रा सुरक्षित हुनुपर्छ भन्ने उद्येश्यले स्टार रेटिङ फर स्कुल कार्यक्रम केहि वर्षदेखि नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) ले नेपालका विद्यालयहरुमा शुरु गरेको हो।

यही सन्दर्भमा हिजो वैशाख १० गते नासा नेपालको आयोजना र एआईपी फाउण्डेसन भियतनामको संयोजनमा स्टार रेटिङ फर स्कुल सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । धुलिखेलमा संचालित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वको सहभागीता रहेको थियो।

धुलिखेलको सञ्जीवनी मावि र ललितपुरको हरिसिद्धि माविलाई ५ तारे विद्यालयमा परिणत गरी काभ्रे र ललितपुरकै नमूना स्कूल घोषित गराउँनलाई सुरक्षित स्कूल क्षेत्र सफल पार्न कार्य शुरु गरिएको जानकारी कार्यक्रम संयोजक सुबास भट्टराईले गराए भने स्टार रेटिङको प्राविधिक पक्ष र स्टेपहरुको बारेमा ई सञ्जय लुईटेलले प्रकाश पारेका थिए।

कार्यक्रममा उपस्थित काभ्रे जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्काले दिनहुँ बढ्दै गइरहेको सडक दुर्घटनालाई कम गर्न र विद्यालय जस्तो संवेदनशील क्षेत्रलाई सुरक्षित र भयरहित क्षेत्र घोषित गर्नलाई यस किसिमका कार्यक्रम अत्यन्त आवश्यक भएको जानकारी दिइन्।

हिसान काभ्रेका अध्यक्ष पवन थापाले पनि विद्यार्थीलाई अकाल मृत्युबाट जोगाउन नेपालभरिकै सरकारी तथा निजी विद्यालयहरुको सडकहरुको स्टार रेटिङ हुनुपर्ने कुराका जोड दिए।

प्याब्सन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेलले नासा नेपालले थालेको सुरक्षित विद्यालय अभियान सकारात्मक र सहरानीय छ भन्दै शुभकामना व्यक्त गरे।

त्यसैगरी काभ्रे जिल्लास्थित सञ्जीवनी मावि र ललितपुर स्थित हरिसिद्धि माविका प्रअहरु लोकेन्द्र  ढकाल र आशादेवी मर्हजनले आफ्नो विद्यालयलाई स्टार रेटिङ फर स्कुलको लागि छनौट गरेकोमा हर्ष व्यक्त गर्दै परियोजना सफल गराउँनमा पूर्ण समर्थन रहने जनाए।

धुलिखेल नगरपालिका वडा अध्यक्ष रोमी श्रेष्ठ र गणेश आचार्य तथा ललितपुर महानगरपालीकाका वडा अध्यक्ष विरेन्द मर्हजनले पनि उक्त कार्यक्रमलाई नगरपालिकाको सहयोग रहने बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *