चितवनमा तीन हजारभन्दा बढी मतदाताको नाम सूचीबाट हटाइयो

डिसी नेपाल
३ कार्तिक २०८३ ९:३६
92
Shares

चितवन । जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा तीन हजार ३६२ जनाको नाम मतदाता सूचीबाट हटाएको छ। दोहोरो नाम दर्ता भएका, मृत्यु भएका तथा नेपाली नागरिकता त्यागेका व्यक्तिको नाम सूचीबाट हटाइएको हो।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार हटाइएकामध्ये एक हजार ९४३ जना दोहोरो नाम दर्ता भएका मतदाता छन्। निर्वाचन आयोगको प्रणालीमार्फत जाँच गर्दा दोहोरो दर्ता भएको पुष्टि भएपछि उनीहरूको नाम हटाइएको उनले बताए।

त्यस्तै, भदौ १२ गतेसम्म मृत्यु दर्ता भएका एक हजार ३८० जना र नेपाली नागरिकता त्यागेका ३९ जनाको नाम पनि मतदाता नामावलीबाट हटाइएको छ। मृत्यु भएका व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालय तथा परिवारले दर्ता गराएको मृत्यु प्रमाणपत्रका आधारमा नाम हटाइएको हो। नागरिकता त्यागेका व्यक्तिको विवरण जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएपछि सूचीबाट नाम हटाइएको कार्यालयले जनाएको छ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला चितवनमा चार लाख ४२ हजार ८२ मतदाता थिए। फागुन २१ गते मतदान सम्पन्न भएपछि जिल्लामा थप १३ हजार १३४ जना मतदाता थपिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *