यातायात सहज बनेपछि लाङटाङमा पर्यटकीय चहलपहल बढ्यो

डिसी नेपाल
४ कार्तिक २०८३ ९:४७
8
Shares

रसुवा। यातायात सेवा सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल पुनः बढ्न थालेको छ। फलाखु खोलामा अस्थायी बेलिब्रिज निर्माण गरी सञ्चालनमा ल्याएपछि लाङटाङ क्षेत्र भ्रमणका लागि पर्यटकहरू आउने क्रम सुरु भएको हो।

यातायात पूर्ण रूपमा सञ्चालनमा आएपछि लाङटाङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित ‘माउन्टेन भ्यु’ का सञ्चालक निमा लामाले जानकारी दिएका छन्। सवारी साधन सहजै चल्न थालेपछि पर्यटकहरू भित्रिन थालेकाले यस क्षेत्रका पर्यटन व्यवसायीहरूमा नयाँ उत्साह थपिएको उनले बताएका छन्।

जिल्ला सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल यात्रा पूरा गरेपछि लाङटाङ पुग्न सकिन्छ। हाल धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्ने वैकल्पिक पदमार्ग तय गरिएको छ।

गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने यो पर्यटकीय क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ। गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीको विपत्ति र त्रासलाई बिर्सँदै पर्यटकहरू पुनः यस क्षेत्रतर्फ आकर्षित हुन थालेको वडाध्यक्ष डुण्ढु ज्याङवा तामाङले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *