धनगढीमा ईभीको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना घाइते

डिसी नेपाल
४ कार्तिक २०८३ १०:०५
8
Shares

धनगढी । धनगढीमा ईभी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१३ स्थित एयरपोर्ट चोकमा दुर्घटना भएको हो।

डडेल्धुरातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १५३० नम्बरको इभी गाडीले सडक पार गरिरहेको सुपप्र ०१–००९ प ९५१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन्। उनीहरूको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।

घाइते तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले ईभी गाडीका चालकलाई नियन्त्रणमा लिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *