दशैंको मुख्य दिनको मौसम : पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

डिसी नेपाल
४ कार्तिक २०८३ ६:१३
4
Shares

काठमाडौं। बडादशैंको मुख्य दिन (विजयादशमी) मा मान्यजनको हातबाट टीका र जमरा थाप्न आउजाउ गर्ने तयारीमा हुनुहुन्छ भने मौसमको अवस्थाबारे जानकार रहनु उपयुक्त हुनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

दशैंको मुख्य दिन हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार दसैँको मुख्य दिन दिउँसो देशको हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी, हिमाली भू-भागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट वर्षा तथा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा भने कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। यस्तै, तराईका भू-भागमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्न सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *