दशैंको खुसी घरआँगनमा मात्र सीमित नराखी दुःखीको मलम बनौं : गगन थापा

डिसी नेपाल
४ कार्तिक २०८३ ६:५०
4
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा चाडपर्वको खुसी आफ्नै घरआँगनमा मात्र सीमित नराखी दुःखमा परेकाहरूको सहारा बन्न सबैमा आह्वान गरेका छन्।

विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामा व्यक्त गर्दै सभापति थापाले यस वर्षको दसैँ कठिन र दुःखद् परिस्थितिमा परेको उल्लेख गरेका छन्।

“यस वर्षको दसैँ हामीले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउँदै छौँ। धेरै परिवार दुःख, पीडा र कठिनाइमा हुनुहुन्छ,” शुभकामना सन्देशमा थापाले भनेका छन्, “यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा मात्र सीमित नरहोस्। दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ।”

सभापति थापाले विजयादशमीले सबैमा आफूभित्रका कमजोरीहरूलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने मानवीय संवेदना र समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। साथै उनले सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक शुभकामना समेत प्रकट गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *