कतारी राजाको भ्रमणको पूर्व सन्ध्यामा भारतीय खुफिया अधिकारी काठमाडौंमा

डिसी नेपाल
११ वैशाख २०८१ १२:५१
108
Shares

काठमाडौं। कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा भारतीय खुफिया अधिकारीहरु काठमाडौंमा आएका छन्।

शनिबार काठमाडौं उत्रिएका अधिकारीहरुले नेपालमा उच्चस्तरीय भेटघाट समेत गरेका छन्। तर उनीहरुले क-कसलाई भेटे भन्ने नखुलेको स्रोतले जनाएको छ।

शनिबार काठमाडौं उत्रिएका भारतीय खुफिया अधिकारीहरुले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए। उनीहरु बुढानिलकण्ठसम्म पुगेका थिए।

कतारी राजाको भ्रमणको पूर्व सन्ध्यामा भारतीय खुफिया अधिकारहरुको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ। भारतीय खुफिया अधिकारीको टोलीमा सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी पनि सामेल छन्।

उनीहरुले कतारी राजाको भ्रमणमा नेपाल र कतारबीच के के सहमति हुन्छ भन्ने विषयमा बुझ्न उनीहरु नेपाल आएको बताइएको छ। कतार र नेपालबीच राजाको भ्रमणको विभिन्न सहमतिमा हस्तक्षर गर्ने तय भइसकेको छ।

गृह मन्त्रालयले भने भारतबाट सुरक्षा निकायका कुनै पनि अधिकारी नेपाल आएको जानकारी नभएको जनाएको छ। गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आधिकारिक रुपमा भारतबाट सुरक्षा निकायका प्रतिनिधि आएको जानकारी नभएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *