नेपालले आज अफगानिस्तानसँग खेल्दै

डिसी नेपाल
३१ भदौ २०७५ ३:२६

भारतमा जारी यू–१९ एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खैल्दैछ।

लखनउमा हुने खेलमा नेपाल र अफगानिस्तान नेपाली समय अनुसार बिहान ९ः४५ बजेबाट भिड्नेछन्।

सिरिजको फाइनलमा पुग्न असफल दुवैको लागि यो खेल प्रतिष्ठाको लडाईको रुपमा रहने छ। यस खेलमा विजयी हुने टोलीले एक जितसहित घर फर्कने छन्।

सिरिजको पहिलो खेलमा नेपाल भारतको ‘बि’ टोलीसँग पराजित भएको थियो। यस्तो शुक्रबार भएको दोस्रो खेलमा नेपाल भारतको ‘ए’ टोलीसँग ८ विकेटले पराजित भएको हो।

यता, अफगानिस्तान पहिलो खेलमा भारतको ’ए’ टिम र दोस्रो खेलमा भारतको ’बि’ टिमसंग पराजित भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *