जोसे मोरिन्हो लाई गर्यो युनाइटेडले बर्खास्त

डिसी नेपाल
३ पुष २०७५ १३:१४

पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्होले प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडबाट बर्खास्त भएका छन् । करिब साढे २ वर्ष ओल्डट्राफोर्डमा बिताएका माउरिन्होलाई क्लबले मंगलबार एक विज्ञप्ती जारीगर्दै तत्कालै लागू हुनेगरी क्लबाट हटाएको हो ।

बेलायती फुटबल क्लब यूनाइटेडले प्रिमियर लिगमा एकपछि अर्को खराब प्रदर्शन जारी राखेपछि मोरिन्होलाई बर्खास्त गरिएको हुनसक्ने अनुमान गरिएको छ । क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘जोसेले क्लबको लागि गरेको कामका लागि धन्यवाद व्यक्त गर्दै भविष्यका सफलताको कामना गर्दछौं ।’

लगातार खराब नतिजासंगै माउरिन्हो आफैं पनि दबाबमा थिए । उनीमाथि लिगको पछिल्लो खेलमा लिभरपुलसंग फराकिलो अन्तरले पराजित भएसँगै थप दबाब बढेको थियो ।

यस्तै उनको जारी सिजनमा क्लबका प्रमुख खेलाडीहरुसँग सम्बन्ध बिग्रदै गरेको थियो । पोग्बा र उनीबीच प्रशिक्षणका क्रममा विवादसमेत भएको थियो । विवादपछि क्लबका स्टार मिडफिल्डर पोग्बालाई मोरिन्होले केही खेलमा बेन्चमै राखेका थिए ।

लण्डन क्लब चेल्सीबाट बर्खास्तमा परेपछि उनलाई प्रिमियर लिगकै सफल क्लब म्यान्चेष्टर युनाईटेडले प्रशिक्षकको हट सिटमा बसालेको थियो । तर, निरन्तरको खराब नतिजाले निराश बनेका माउरिन्होले क्लबले बर्खास्त गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *