इ. पि. एल. को विजेता टोलीले रु २५ लाख पाउने

डिसी नेपाल
३ पुष २०७५ १३:१९

काठमाडौँ । जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग(इपिएल)को विजेता टोलीले रु २५ लाख पाउने भएको छ ।

आयोजक इपिएल प्रालिले आज विज्ञप्ति जारी गर्दै ‘द विगेष्ट’ नारा दिइएको प्रतियोगिताको लिग चरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो । गत वर्ष इपिएलको विजेता बनेको विराटनगर वारियर्सले रु २१ लाख पुरस्कार प्राप्त गरेको थियो ।

गतवर्षको पुरस्कार रकम भन्दा यसवर्ष रु चार लाख वृद्धि गरिएको छ । प्रतियोगिताको उपविजेताले रु १० लाख पाउनेछ । प्रतियोगिताका उत्कृष्ट एक खेलाडीले टिभीएस अपाचे मोटरसाइकल पाउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *