इपिएल विजेता टोलीले २५ लाख पाउने

डिसी नेपाल
४ पुष २०७५ १:४७

काठमाडौं। कीर्तिपुर क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को विजेता टोलीले २५ लाख पाउने भएको छ।

आयोजक इपिएल प्रालिले मंगलबार विज्ञप्ति जारी गर्दै ‘द विगेष्ट’ नारा दिइएको प्रतियोगिताको लिग चरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो।गत वर्ष इपिएलको विजेता बनेको विराटनगर वारियर्सले २१ लाख पुरस्कार प्राप्त गरेको थियो।

गतवर्षको पुरस्कार रकम भन्दा यसवर्ष चार लाख वृद्धि गरिएको छ। प्रतियोगिताको उपविजेताले १० लाख पाउनेछ। प्रतियोगिताका उत्कृष्ट एक खेलाडीले टिभीएस अपाचे मोटरसाइकल पाउनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *