रोनाल्डोलाई पछि पार्दै मेस्सीले बनाए अर्को रेकर्ड (भिडियो सहित )

डिसी नेपाल
४ पुष २०७५ ४:२९

अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले गोल्डेन बुट अवार्ड जितेका छन् । मंगलबार स्पेनमा एक कार्यक्रममा उनले गोल्डेन बुट उचालेका हुन् ।

३१ वर्षीय मेस्सीले आफ्नो करिअरको पाँचौं गोल्डेन बुट अवार्ड थापेका हुन् । यसअघि उनले यो अवार्ड सन् २०१०, २०१२, २०१३, २०१७ मा गरी ४ पटक जितेका थिए ।

सन् २०१७-१८ मा युरोपका शीर्ष ५ लिगको सर्वाधिक गोलकर्ता रहेको उनले यस अवार्ड थापेका हुन् । उनकै उच्च प्रदर्शनमा गत वर्ष बार्सिलोनाले ला लिगा जितेका थियो । उनले गएको वर्ष ला लिगामा सर्वाधिक ३४ गोल गरेका थिए । यस्तै गत सिजन बार्सिलोनाले ला लिगा र कोपा डेल रे जित्दासमेत मेस्सीले उल्लेखनीय योगदान दिएका थिए ।

यसैगरी उनले पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पनि पछि पारेका छन् । ४ पटक गोल्डेन बुट जितेका रोनाल्डोलाई उनले पछि पारेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *