सिजनमा पहिलो हार डर्टुमन्ड को
यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगामा पहिलो हार बेहोरेको छ।
लिग अन्तर्गत गएराती भएको खेलमा डर्टमण्ड फर्चुना डुसेलडोफसँग २-१ ले पराजित भएको हो।

फर्चुनाका लागि घरेलु मैदानमा डोडी लुकेबाकिओले २२औँ र जियन जिमेरले ५६औँ मिनेटमा गोल गरे। डर्टमण्डका लागि वैकल्पिक खेलाडी पाको अल्कासेरले ८१औ मिनेटमा एक गोल फर्काएपनि त्यो हार टार्नलाई पर्याप्ट भएन।
पहिलो हारपछि डर्टमण्डले दोस्रो स्थानको बोरुसिया मोन्चेनग्लाडबाकसँग अंक दूरी बढाउने मौका गुमाएको छ। १६ खेलबाट ३९ अंक जोडेको डर्टमण्ड शीर्ष स्थानमा यथावत छ। फेइवर्गलाई २-१ ले पराजित गरेको मोन्चेनग्लाडबाक ३३ अंकका साथ दोस्रो स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment