लियोनल मेस्सी :‘म विश्वकै सर्वोत्कृष्ट क्लबमा भएकाले यस अवार्ड जितेँ’

डिसी नेपाल
४ पुष २०७५ १३:५९

बार्सिलोनाका कप्तान तथा अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सीले आफ्नो करिअरको पाँचौ गोल्डेन बुट जिते । चारपटक गोल्डेन बुट अवार्डबाट सम्मानित उनलाई मंगलबार पाँचौ गोल्डेन बुट प्रदान गरिएको थियो ।

स्पेनमा एक कार्यक्रमका बीच ३१ वर्षीय मेस्सीलाई उनको करिअरको पाँचौ गोल्डने बुट प्रदान गरिएको हो । यसअघि उनले यो अवार्ड सन् २०१०, २०१२, २०१३, २०१७ मा गरी ४ पटक जितेका थिए ।

मेस्सीले सो उपाधि ग्रहण गर्दै करिअरमा यस्तो सफलता हात पार्न सक्नेबारे आफूले पहिले नसोचेको बताए । उनले भावुक मुद्रामा भने, ‘मेरो सपना एक व्यवसायिक फुटबल खेलाडी बन्नु मात्र थियो । तर, यति धेरै सफल हुन्छु भन्ने थिइन । बस म सफलता हात पार्न सक्छु भन्ने विश्वास थियो, तर यहाँसम्म सफल हुन्छु भन्ने थिएन ।

सन् २०१७/१८ मा युरोपका शीर्ष ५ लिगको सर्वाधिक गोलकर्ता रहेको हैस्सियतले उनले यस अवार्ड थापेका हुन् । उनकै उच्च प्रदर्शनमा गत वर्ष बार्सिलोनाले ला लिगा जितेका थियो । उनले गएको वर्ष ला लिगामा सर्वाधिक ३४ गोल गरेका थिए । यस्तै गत सिजन बार्सिलोनाले ला लिगा र कोपा डेल रे जित्दासमेत मेस्सीले उल्लेखनीय योगदान दिएका थिए ।

उनले आफू मेहनत गर्न मन पराउने व्यक्ति भएको उल्लेख गर्दै भने, ‘म मेरो काम मन पराउँछु र मिहिनेत गर्न मलाई मनपर्छ ।’

मेस्सी यस सिजन पनि गोल्डेन बुटको दाबेदार मानिएको छ । जारी लिगमा मेस्सीले १४ गोल गरिसकेका छन् ।

मंगबार उनले उपाधि थाप्ने क्रममा आफ्ना सहकर्मी खेलाडीको कारण पनि आफू यस अवार्डको हकदार भएको बताए । उनले थपे, ‘म विश्वकै सर्वोत्कृष्ट क्लबमा भएकाले पनि यस अवार्ड जित्न सफल भएँ । मेरा साथमा विश्वका उत्कृष्ट खेलाडीहरु खेलिरहेका छन् । यसकारण पनि म यस अवार्ड जित्न सफल भएको हुँ ।

उनले पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पनि पछि पारेका छन् । ४ पटक गोल्डेन बुट जितेका रोनाल्डोलाई उनले पछि पारेका हुन् । रोनाल्डोले पछिल्लो पटक सन् २०१५–१६ को सिजन गोल्डेन बुट जितेका थिए ।

यस्तै मेस्सीले आफ्नो फेसबुकमार्फत् पनि सहकर्मी खेलाडी तथा प्रशंसकलाई धन्यवाद दिए । उनले सहकर्मी र शुभचिन्तकका कारण आफूले पाँचौ गोल्डेन बुट जित्न सम्भव भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *