जोसे मोरिन्होलाई बर्खास्त गरेपछि पुर्व खेलाडीलाई बनायोे युनाइटेडले प्रशिक्षक

डिसी नेपाल
४ पुष २०७५ १५:२६

इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले जोसे माउरिन्होलाई बर्खास्त गरेको २४ घण्टा नबित्दै अर्का प्रशिक्षक नियुक्त गरेको छ । उसले आफ्ना पूर्व खेलाडी ओलेई गुनर सोल्सायरलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

युनाइटेडले बुधबार गुनरलाई केयरटेकर प्रशिक्षकको रुपमा नियुक्त गरेको विज्ञप्तीमार्फत् जनाएको छ । गुनरलाई जारी सिजनको अन्त्यसम्मका लागि मात्रै प्रशिक्षकको जिम्मा दिइएको हो ।

युनाइटेडका पूर्वफरवार्ड रहेको गुनरसँग कार्डिफ सिटी र नर्वेजीयन क्लब मोल्डे क्लबलाई प्रशिक्षण गराएको अनुभव रहेको छ । ४५ बर्षीय सोल्सायरले युनाइटेडबाट ११ सिजन खेलेका थिए । सर एलेक्स फोर्गुसनको पालामा सोल्सायरले युनाइटेडबाट १ सय २६ गोल गरेका थिए ।

युनाइटेडले प्रिमियर लिगमा यस सिजन खराब प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक जोसे माउरिन्होलाई मंगलबार बर्खास्त गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *