ईपीएल क्रिकेट : टस जितेर भैरहवाले दियो काठमाडौंलाई ब्याटिङको निम्तो

डिसी नेपाल
५ पुष २०७५ ५:४६

एभरेष्ट प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायरमा अहिले काठमाडौं किंग्स् इलेभेन र भैरहवा ग्लाडिटर्स खेल्दैछन् ।

कीर्तिपुर मैदानमा शुरू भएको खेलमा भैरहवाले टस जितेर काठमाडौंलाई ब्याटिङको निम्तो दिएको छ ।

पहिलो क्वालिफायरमा जित हात पारेको भैरहवा ग्लाडियटर्स र प्लेअफमा पराजित काठमाडौंवीचको विजेताले उपाधिका लागि ललितपुर प्याट्रियोट्ससँग खेल्नेछ । बुधबार भएको खेलमा भैरहवाले चितवनलाई चार विकेटले हराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *