सन्दिपको जादु चल्यो अष्ट्रेलियामा , एकै ओभरमा २ विकेट

डिसी नेपाल
६ पुष २०७५ १२:३३

अष्ट्रेलियाको घरेलु लिग बिग ब्याश नेपाली युवा लेग स्पीनर सन्दीप लामिछानेले आफ्नो कमाल देखाएका छन् । उनले आजको खेलमा आफ्नो पहिलो ओभरमा दुई विकेट लिन सफल भएका छन् ।

उनी आवद्ध रहेको मेलवर्न स्टार्सले आज पहिलो खेल खेल्दा सन्दीपले कमाल देखाएका हुन् । उनले सिड्नी थन्डर्सविरुद्धको खेलमा क्यालम फर्गुसन तथा शेन वाट्सनको गरी दुई विकेट लिएका हुन् ।

उनको बलमा फर्गुसन कट एण्ड बोल्ड भएका हुन् भने वाट्सन क्याच आउट भएका हुन् । सन्दीप आठौं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्न आएका थिए । जसको दोस्रो र छैठौं बलमा वाट्सन र फर्गुसनलाई क्रमश २२ र १५ रनमा पेभेलियनको बाटो देखाएका हुन् ।

दुई विकेटका लागि उनले केवल ३ रनमात्र खर्च गर्नुपरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *