ला लिगामा आज राति दुई खेल हुँदैछन्

डिसी नेपाल
६ पुष २०७५ १३:००

स्पेनिस ला लिगामा आज राति दुई खेल हुँदैछन् । जारी लिगको १७ साताका सुरुवाती खेलअन्तर्गत यी खेल हुन लागेका हुन् ।

आजको पहिलो खेलमा जिरोनाले गेटाफेसँग खेल्दैछ । जिरोनाको मैदानमा हुने समे खेल राति १२ः१५ बजे हुनेछ । गेटाफे लिगको सातौं स्थानमा छ भने जिरोना १० औं स्थानमा छ । १६ खेल खेलेको गेटाफेले ६ खेलमा जित ६ खेलमा बराबरी र ४ खेलमा पराजय भोग्दै २४ अंक बनाएको छ ।

यस्तै गेटाफेसँग भिड्न लागेको जिरोनासँग २१ अंक छ । उसले १६ खेलमध्ये ५ खेलमा ति, ६ खेलमा बराबरी र ५ खेलमा हार व्यहोरेको छ ।

यसैगरी आजको अर्को खेलमा छैटौं स्थानको अलाभेसले १५ औं स्थानको रियल सोसिडाडसँग खेल्दैछ । रियस सोसिडाडको घरेलु मैदानमा हुने सो खेल राति १ः४५ बजेदेखि सुरू हुनेछ ।

जारी लिगमा अलाभेसले १६ खेलमध्ये ७ खेलमा जित, ४ खेलमा बराबरी र ५ खेलमा बराबरी खेलेको छ । ऊ चौथो स्थानमा रहेको रियल मड्रिडभन्दा ४ अंकले पछि रहेको छ । रियलसँग २९ अंक छ भने अलाभेससँग २५ अंक छ ।

यसैगरी आजको खेलमा अलाभेससँग प्रतिस्पर्धा गर्न लागेको रियल सोसिडासँग १९ अंक छ ।

लिगको शीर्ष स्थानमा ३४ अंक बोकेको बार्सिलोना रहेको छ भने दोस्रो स्थानमा ३१ अंक भएको सेभिल्ला रहेको छ । यस्तै ३१ अंक रहेको एथ्लेटिको मड्रिड तेस्रो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *