नेपाली हकी इतिहासमा पहिलो अन्तर्राष्ट्रिय जित, अफगानिस्तान ४–० ले पराजित

डिसी नेपाल
६ पुष २०७५ १४:२२

साजन शर्मा

विश्व हकी संघ र पाकिस्तान हकी संघको आयोजनामा सञ्चालन भएको हायर ओपन हकि सिरिज अन्तर्गत नेपाल र अफगानिस्तान बिच आज भएको प्रतिस्पर्धामा नेपाली हकी टोलीले अफगानिस्तान लाई ४–० ले हराउँदै नेपाली हकी इतिहासमा पहिलो अन्तर्राष्ट्रिय जित दर्ता गर्न सफल भएको छ।

डिसेम्बर १७ बाट सुरु भएको यो प्रतियोगिता नेपाललगायत अफगानिस्तान, उज्बेकिस्तान र काजकिस्तानले सहभागिता जनाएका थिए।

डिसेम्बर १७ मा भएको अभ्यास खेलमा पाकिस्तान प्रेसिडेन्ट ११ सङ ८–० ले पराजित भएको नेपालले यो सिरिजको आफ्नो पहिलो खेल डिसेम्बर १८ मा काजकिस्तान सङ खेलेको थियो।

उक्त खेलमा नेपाल ६–० ले पराजित भएको थियो। त्यसैगरी सिरिजको दोसो खेलमा नेपाल ४–० ले उज्बेकिस्तानसंघ पराजित भएको नेपालले आज यो सिरिजको अन्तिम खेलमा अफगानिस्तानसंग ४–० ले जित हासिल गर्दै नेपाली हकी इतिहासमा पहिलो अन्तर्राष्ट्रिय जित दर्ता गर्न सफल भएको छ।

आजको ऐतिहासिक जितमा खूशी व्यक्त गर्दै डिसि नेपालसंगको कुराकानीमा नेपालका मुख्य प्रशिक्षक रन्जन थापाले आजको जित ऐतिहासिक भएको र विश्व हकी संघले आयोजना गरेको प्रतियोगितामा नेपालले पहिलोपटक सहभागी जनाएको बताए।

यो भन्दा अगाडि नेपालले दक्षिण एसियाली खेलमा मात्रै सहभागी जनाए पनि कुनैपनि अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म जित निकालेको थिएन र आजको जितसंगै नेपालले बिश्व हकि वरियतामा पनि आफ्नो नाम लेखाउन सफल भएको प्रशिक्षक थापाले बताए।

आजको खेलमा नेपालको तर्फबाट सागर आचार्यले २ गोल गर्न सफल भएर म्यान अफ द म्याच प्राप्त गर्न सफल भएका थिए। नेपालमा हकि खेल्न प्रयोग हुने टर्फ मैदान न भएको अवस्थामा र बिनाकुनै तयारी आज पाएको यो ऐतिहासिक सफलता लाई निरन्तरता दिन र आउँदो दक्षिण एसियाली खेलमा राम्रो प्रदर्शन लागि सरकारले पनि नेपालमा हकिको लागि आवश्यक पूर्वाधार र लोकप्रियतामा ध्यान दिनुपर्ने प्रशिक्षण थापाले बताए।

साथै दक्षिण एसियाली खेलको लागि समयमै विदेशी टोलीसित अभ्यास खेल र विभिन्न प्रतियोगिताहरु समयमै खेल्न पाए दक्षिण एसियाली राष्ट्र श्रीलंका जस्तो देशलाई सजिलै हराउन र अरु दक्षिण एसियायी राष्ट्रहरुलाई पनि नेपालले टक्कर दिन सक्ने प्रशिक्षक थापाले बताए।

यो प्रतियोगिता तेस्रो स्थान हातपारेको नेपाली टोली डिसेम्बर २४ मा नेपाल फर्कदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *