ईपीएल फाइनल आज : उपाधिका लागि भैरहवा र ललितपुर मैदान उत्रिदै

डिसी नेपाल
७ पुष २०७५ ४:३१

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि भैरहवा ग्लाडियटर्स र ललिपुर प्याट्रियट्सबिच दिउँसो साढे १२ बजेपछि प्रतिस्पर्धा हुँदैछ ।

साबिक उपविजेता भैरहवा शरद भेषावकर र ललितपुर राष्ट्रिय टोली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदानमा हुनेछ ।

ललितपुर पहिलो क्वालिफायरमा काठमाडौं किँग्स इलेभेनलाई हराउँदै फाइनल पुगेको हो । इलिमिनेटरमा चितवन टाइगर्सको चुनौती पन्छाएको भैरहवाले दोस्रो क्वलिफायरमा काठमाडौंलाई नै हराउँदै अन्तिम दुईमा स्थान बनाएको हो ।

दुवै टोली उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । प्रतियोगिताको उपाधि विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *