आन्द्रे इनिएस्टा को ठाउँ पुरा गर्न पिएसजीका मिडफिल्डर आड्रेन राबिओट बार्सिलोना आउदैँ

डिसी नेपाल
१७ पुष २०७५ ४:४१

स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पिएसजीका मिडफिल्डर आड्रेन राबिओटलाई भित्र्याउने तयारी गरेको छ । आन्द्रे इनिएस्टाको प्रस्थानपछि बार्सिलोनालाई मिडफिल्डरको खाँचो छ । राबिओटको बार्सिलोना जाने ब्यापक हल्लालाई बार्सिलोनाले प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो धारणा स्पस्ट पारेको हो ।

बर्सिलोनाले फ्रेन्च खेलाडी राबिओट भित्र्याउने तयारी गरेको र उसले खेलाडीसँग मात्रै सम्पर्क गरेर फ्री ट्रान्सफरको कसरत गरिरहेको रिपोर्ट बाहिरिएपछि बार्सिलोना यस विषयमा बोलेको हो । बार्सिलोनाले आफूहरू राबिओट ल्याउन इच्छुक देखिएको स्वीकार्दै नियमबिपरित खेलाडीसँग मात्रै छलफल नगरेको जनाएको छ ।

बार्सिलोनाले ‘राबिओटसँग व्यक्तिगत रूपमा सम्झौतासमेत गरिसकेको’ भन्ने रिपोर्टको खन्डन पनि गरेको छ । बार्सिलोनाले पिएसजी वा अन्य कुनै पनि क्लबसँग नियमसंगत रहेर सहकार्य गर्न तयार रहेको पनि स्पस्ट पारेको छ ।

बार्सिलोनाले गत अगस्टमै राबिओटलाई ल्याउन चाहेको थियो । तर, पीएसजीले उक्त प्रस्ताव अस्विकार गरेको थियो । पिएसजीसँग राबिओटको सम्झौता यसै सिजन सकिँदैछ । पिएसजी हाल राबिओटसँग नयाँ सम्झौता गर्ने पक्षमा नदेखिएकाले पनि फ्रान्सेली सञ्चार माध्यमले बार्सिलोनाले खेलाडीसँग मात्रै सम्पर्क गरिरहेको समाचार बाहिर ल्याएका थिए ।

यही बेला बार्सिलोनाले २३ वर्षीय सेन्टर मिडफिल्डर राबिओटलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गर्न चाहेको थियो । यसअघि बार्सिलोनाले राबिओटसँग ‘मोटामोटी सम्झौता गरिसकेको’ समाचार पनि बाहिर आएका थिए । । इभान राकीटिचको उमेर ढल्कँदै गएकोले पनि बार्सिलोना राबिओटलाई भित्र्याउन आतुर देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *