आज पनि लिए विकेट सन्दिपले , ४ खेलमा ८ विकेट

डिसी नेपाल
१७ पुष २०७५ १३:५१

नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको घरेलु लिग बिग ब्यासमा आज अन्तिम खेल खेले । जारी लिगमा मेलबर्न स्टार्समा आवद्ध सन्दीपले जम्मा ४ खेल खेले । उनले चार खेल खेल्दा ४ फरक कप्तानलाई आउट गरेका छन् ।

मंगलबारको खेलमा उनले मेलबर्न रेनेगेड्का कप्तान टोन कप्परलाई आउट बनाए । यसअघि उनले सिड्नी थण्डरका कप्तान शेन वाट्सन, होबार्ट हुरिकेनका कप्तान म्याथ्यु वेड र सिड्नी सिक्सर्सका कप्तान मोइसिस अनरिकेको विकेट लिइसकेका छन् ।

उनले जारी लिगमा ८ विकेट लिएका छन् । सन्दीपले आजको खेलमा एक विकेट लिए । यसअघि पहिलो खेलमा २ विकेट लिएका उनले दोस्रो खेलमा ३ विकेट लिएका थिए । यस्तै उनले तेस्रो खेलमा २ विकेट लिए ।

आज उनले अष्ट्रेलियामा रहेर अन्तिम खेल खेले । यसपछि उनी मेलबर्नको टिममा हुने छैनन् । सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आउने छन् । सन्दीपले स्यलहेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग खेल्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *