सहिद स्मारक ए डिभिजन लिगस् मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा प्रतिस्पर्धा गर्दै

डिसी नेपाल
१८ पुष २०७५ २:४४

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी क्लब हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।

हलचोकस्थित एपिएफको मैदानमा दिउँसो दुई बजेर ३० मिनेटमा प्रतिस्पर्धा हुने खेलमा मनाङ स्पष्ट जित हात पार्दै आफ्नो अपराजित यात्रालाई कायमै राख्ने लक्ष्यमा रहेको छ । मनाङले ११औं खेलसम्म आइपुग्दा हार ब्यहोरेको छैन ।

लिगको शीर्ष स्थानमा रहेको मनाङले ११औं खेलबाट ३३ अंक बनाएको छ । लिगको सातौ स्थानमा रहेको हिमालयन शेर्पाको भने ११औं खेलबाट १७ अंक रहेको छ ।

त्यस्तै, आजै संकटा क्लब र थ्रीस्टार क्लबबीचमा प्रतिस्पर्धा हुदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुने खेलमा थ्रीस्टार क्लबलाई पराजित गरेमा संकटा उपविजेता बन्नेछ ।

तर संकटा थ्रीस्टारसँग पराजित या बराबरीमा रोकिएमा पनि उपविजेताको टुंगो भने लिगको अन्तिम चरणको खेलबाट हुनेछ । लिगको दोस्रो स्थानमा रहेको संकटाको ११औं खेलबाट २५ अंक छ । लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको ११औं खेलबाट २३ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *