टोटनह्यामको सहज जित , म्यानचेस्टर सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो

डिसी नेपाल
१८ पुष २०७५ ४:२९

ग्लिस प्रिमियर लिगअन्तर्गत गए रातिको खेलमा टोटनह्याम हटस्परले सहज जित निकालेको छ । नयाँ वर्षको पहिलो दिनको खेलमा उसले कार्डिफ सिटीलाई उसैको मैदानमा ३–० ले पराजित गर्यो ।

टोटनह्यामको २१ औं खेलमा जित दिलाउन ह्यारी केन, क्रिस्टियन इरिक्सन तथा सन् ह्युङ मिनले समान १–१ गोल गरे । टोटनह्यामले खेलको पहिलो हाफमा नै आफ्नो जित दर्ता गरायो ।

खेलको तेस्रो मिनेटमा ह्यारीले गोल गरेपछि अग्रता बनाएको टोटनह्यामले दोस्रो गोल १२ औं मिनेटमा गर्यो भने तेस्रो गोल २६ औं मिनेटमा गर्यो । १२ औं मिनेटमा इरिक्सन तथा २६ औं मिनेटमा सन् ह्युङको गोलमार्फत् टोटनह्याम विजयी भयो ।

यस जितसँगै टोटनह्यामले साबिकको विजेता म्यानचेष्टर सिटीलाई पछि पार्दै दोस्रो स्थान बनाएको छ । यस खेलबाट टोटनह्यामले २१ खेलबाट १६ खेलमा जित र ५ खेलमा पराजय भोग्दै ४८ अंक बनाएको छ भने ऊभन्दा एक खेल कम खेलेको सिटीसँग ४७ अंक छ ।

यस्तै हिजोकै अर्को खेलमा लेष्टर सिटीले एभर्टनलाई १–० ले पछारेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *