विश्वविजेता महेश्वर महर्जन सम्मानित

डिसी नेपाल
१८ पुष २०७५ ५:०६

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले १० औँ वर्ल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडरेशन च्याम्पियनसिपका विश्वविजेता महेश्वर महर्जनलाई सम्मान गरेका छन् ।

मदन भण्डारी स्पोर्टर्स एकेडेमीको १०औँ स्थापना दिवसका अवसरमा उनलाई मंगलबार उनलाई सम्मान गरिएको हो । उनलाई राष्ट्रको गौरव बढाएकोमा दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको हो । सो अवसरमा मन्त्री विश्वकर्माले खेलकूद क्षेत्रबाट गरेको परिश्रमले अन्तर्राष्ट्रिय तहमा मुलुकको प्रतिष्ठा बढेको उल्लेख गर्दै सातै प्रदेशमा अन्तर्राष्ट्रय पूर्वाधारसहितको खेल मैदान निर्माण गरिने नीति सरकारको रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *