रवी शास्त्री फेरि भारतको प्रशिक्षक

डिसी नेपाल
३१ साउन २०७६ १९:०१

नयाँ दिल्ली (एजेन्सी) । रवी शास्त्री भारतीय क्रिकेट टिमको फेरि मुख्य प्रशिक्षक बनेका छन्। हाल मुख्य प्रशिक्षक रहेका शास्त्रीलाई शुक्रबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले नयाँ कार्यकालका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रशिक्षकका लागि शास्त्रीसहित ६ जना प्रतिस्पर्धामा थिए। तर, पूर्व कप्तान कपिल देवको नेतृत्वमा रहेको छनोट समितिले शास्त्रीलाई प्रशिक्षक बनाउन सिफारिस गरेको हो। भारतीय क्रिकेट कप्तान विराट कोहली पनि शास्त्रीकै पक्षमा थिए। वेष्टइण्डिज भ्रमणमा जानुअघि कोहलीले शास्त्रीसँग रमाइरहेको प्रतिक्रिया दिएका थिए। भारतीय क्रिकेट टिम हाल वेष्टइण्डिज भ्रमणमा छ। उसले त्यहाँ टी ट्वान्टी र ओडीआई सिरिज जितिसकेको छ। अब टेष्ट सिरिज खेल्न बाँकी छ। शास्त्री भारतीय टिमसँगै वेष्टइण्डिजमा छन्।

हालै इंग्ल्याण्डमा सम्पन्न ओडिआई विश्व कप क्रिकेटमा भारत सेमिफाइनलबाटै बाहिरिएको थियो। त्यसपछि भारतमा नयाँ प्रशिक्षकको खोजी भएको थियो। तर, शास्त्री नै फेरि प्रशिक्षकमा दोहोरिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *