टेष्ट क्रिकेटमा आर्चरले लिए पहिलो विकेट

डिसी नेपाल
३२ साउन २०७६ ८:०६

एजेन्सी । इंग्ल्याण्डका बलर जोफ्रा आर्चरले टेष्ट क्रिकेटमा पहिलो विकेट हात पार्न सफल भएका छन् । एसेज सिरिज अन्तर्गत दोस्रो टेष्टमा डेब्यु गरेका आर्चरले शुक्रबार विकेट लिँदै टेष्ट क्रिकेटमा विकेटको खाता खोलेका हुन् ।

तीव्र गतिका बलर आर्चरले दोस्रो टेष्टको तेस्रो दिन अष्ट्रेलियाका क्यामरुन बेनक्राफ्टलाई १३ रनमा पेभेलियन फर्काउदै टेष्ट क्रिकेटमा विकेटको सुरुवात गरेका छन्।

पहिलो पटक इंग्ल्याण्डको टेष्ट टिममा परेका आर्चर अर्का बलर जेम्स एण्डरसन घाइते भएका कारण प्लेईङ सेटमा परेका हुन् । एसेज सिरिजमा घरेलु टिम इंग्ल्याण्ड १–० ले पछि परेको छ । पहिलो टेष्टमा अष्ट्रेलिया विजयी भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

One thought on “टेष्ट क्रिकेटमा आर्चरले लिए पहिलो विकेट”

Leave a Reply

Your email address will not be published. Required fields are marked *