पहिलो टेष्टमा श्रीलंका जित नजिक

डिसी नेपाल
३२ साउन २०७६ १८:०२

कोलम्बो (एजेन्सी) । न्यूजिल्याण्डविरुद्धको पहिलो टेष्टमा श्रीलंका जित नजिक पुगेको छ। शनिबार टेष्टको चौथो दिनको खेल सकिँदा श्रीलंकालाई जितका लागि १३५ रनको आवश्यक छ । उसका सबै विकेट सुरक्षित छन्।

श्रीलंकाको गालेमा पहिला ब्याटिंग गरेको न्यूजिल्याण्डले पहिला इनिंगमा २४९ तथा दोस्रो इनिंगमा २८५ रन बनाएको थियो। जवाफमा श्रीलंकाले पहिलो इनिंगमा २६७ रन बनाउँदै सामान्य अग्रता लिएको थियो।

समग्रमा २६८ रनको लक्ष्य पाएको श्रीलंकाले दोस्रो इनिंगमा शनिबार विना क्षति १३३ रन बनाइसकेको छ। उसका कप्तान दिुमथ करुणारत्ने ७१ र अर्का ओपनर लाहिरु थिरिमाने ५७ रन बनाएर नटाउट छन्। पाँचौ तथा अन्तिम दिन श्रीलंकाले थप १३५ रन बनाए, उसले आईसीसी टेष्ट च्याम्पियनसिपको पहिलो खेल जित्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *