ग्रिनल्यान्ड, स्वप्न वाटिका र विल्सन च्याम्पियन

डिसी नेपाल
३२ साउन २०७६ १९:२४

काठमाडौं। ग्रिनल्यान्ड, स्वप्न वाटिका र विल्सन एकेडेमी आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, स्वप्न वाटिका जुनियर ब्वाइज र विल्सन सिनियर गल्र्समा च्याम्पियन भएका हुन् ।

सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले रेडिअन्टलाई ६२–५५ ले पराजित ग¥यो । ग्रिनल्यान्डका राजीव आले मगरले २६ अंक जोडे । जुनियर ब्वाइजमा स्वप्न वाटिकाले रेडिअन्टलाई नै २१–२० को झीनो अन्तरले हरायो । स्वप्न वाटिकाका अश्विक केसीले १० स्कोर गरे । सिनियर गल्र्समा विल्सनले सिद्धार्थ बनस्थलीमाथि ३१–२४ को जित दर्ता ग¥यो ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका राजीव आले मगर, जुनियर ब्वाइजमा स्वप्न वाटिकाका अर्पण राई र सिनियर गल्र्समा विल्सनकी विना श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा रेडिअन्टका उपेन्द्र बस्नेत (१०५ अंक), जुनियर ब्वाइजमा रेडिअन्टकै शिव शाह (५५ अंक) र सिनियर गल्र्समा यशुश्री गुप्ता (६७ अंक) सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला, आयोजक ग्रिनफिल्डका निर्देशक खिबराज शर्मा, ग्रिनफिल्डका प्रिन्सिपल खडक बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । साउन १८ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५ र सिनियर गल्र्समा १४ टिम सहभागी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *