जोफ्रा आर्चरको बलमा स्मिथ घाइते, मेडिकल जाँचका लागि अस्पताल लगियो

डिसी नेपाल
३२ साउन २०७६ १९:४२

लण्डन (एजेन्सी) । एजेश टेष्ट सिरिज अन्तगर्तको दोस्रो टेष्टको चौथो दिन मैदानमा एक दुर्घटना भएको छ। ब्याटिंग गरिरहेका अष्ट्रेलियन ब्याट्सम्यान स्टिभेन स्मिथ पहिलो टेष्ट खेलिरहेका इंग्ल्याण्डका फास्ट बलर जोफ्रा आर्चरको एक बल उनको घाँटीमा लागेको छ। ८० रनमा खेलिरहेका स्मिथ खेलको ७७ औं ओभरको दोस्रो बलमा घाइते भएका हुन्।

स्मिथले आर्चरको शर्ट अफ लेन्फ फास्ट बल छोड्न पनि सकेनन् खेल्न पनि सकेनन्। अन्तिम समयमा उनी बल छोड्न चाहन्थे । तर, तिब्र रुपमा आएको बल उनको घाँटीमा लाग्यो । बल लागेपछि स्मिथ मैदानमै ढलेका थिए।

स्मिथ चिच्याउँदै मैदानमा ढलेपछि दुबैतर्फका मेडिकल टिम मैदानमा पुगेका थिए भने आर्चर निकै उदास देखिएका थिए। इंग्ल्याण्डका सबै खेलाडी स्मिथ भएको ठाउँ पुगे। डाक्टरहरुले मेडिकल जाँच गर्नुपर्ने जनाएपछि उनी आफै हिँडेर मैदान बाहिर गए। लडर्सको मैदानमा उनी मैदान बाहिर जाँदा दर्शकहरुले तालीबजाएर उनको सम्मान गरेका थिए।

यो घटनाले अष्ट्रेलियन खेलाडी फिलिप ह्युजको दुर्घटनालाई स्मरण गराई दिएको छ। ह्युज फास्टबलरको बल लागेर मैदानमै ढलेका थिए। कोमामा गएका उनी त्यसपछि ब्युँझेनन्। सो घटनापछि विश्व क्रिकेटमा सुरक्षाको बहस नै भएको थियो भने हेलमेटमा थप सुरक्षा औजारहरु जडान गरिएको थियो। शनिबार स्मिथको हेलमेटमा थप सुरक्षा व्यवस्था नभएको भए उनी गम्भीर दुर्घटनाको शिकार बन्न सक्थे।

वर्षाले विथालेको यो टेष्ट ड्रतर्फ धकेलिएको छ। शनिबार चौथो दिनको खेल जारी रहँदा अष्ट्रेयिाले ६ विकेटमा २०६ रन बनाइसकेको छ भने इंग्ल्याण्डले पहिलो इनिंगमा २५८ रन बनाएको थियो। आइतबार अन्तिम दिन दुई इनिंगको खेल हुन सक्ने सम्भावना कम भएकाले यो टेष्ट ड्र हुने सम्भावना बढेको हो। पहिलो टेष्ट अष्ट्रेलियाले जितेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *