ला लिगामा रियलको विजयी शुरुआत

डिसी नेपाल
३२ साउन २०७६ २३:०७

मड्रिड (एजेन्सी) । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी शुरुआत गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा सेल्टा भिगोलाई ३–१ गोल अन्तरले पराजित गर्दै रियलले सुखद् शुरुआत गरेको हो ।

सेल्टाको मैदानमा १० खेलाडी सिमित भए पनि रियलले उत्कृष्ट जित निकाल्यो । रियलको जितमा करिम बेन्जिमा, टोनि क्रुस र लुकास भास्क्वेजले एक एक गोल गरे । सेल्टाको इकर लोसडाले एक गोल फर्काए ।

घरेलु टिमविरुद्ध खेलको १२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको ५६ औं मिनेटमा लुका मोड्रिचले रातो कार्ड पाउँदा रियल १० खेलाडीमा समेटियो । १० खेलाडीमा सिमित भएपनि रियलले थप दुई गोल गर्यो ।

खेलको ६१ औं मिनेटमा क्रुसले गोल गर्दै रियलको अग्रता २(० को बनाए । त्यसपछि खेलको ८० औं मिनेटमा भास्क्वेजले गोल गर्दै रियललाई ३(० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा घरेलु टोलीका लोसडाले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।

सेल्टाविरुद्धको जितमा प्रशिक्षक जिनेदान जिदानले ग्यारेथ बेललाई पहिलो रोजाईमा मैदान उतारेका थिए । जितसँगै रियलले ३ अंकबाट सिजनको शुरुआत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *