आर्सनलको शानदार जित

डिसी नेपाल
३२ साउन २०७६ २३:३३

लण्डन (एजेन्सी) । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा बर्नलीलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्सनलले दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन एलेक्जेन्डर लाकाजेट्स र पेरिक एम्रिक आबुमियाङले एक एक गोल गरे । बर्नलीका एस्ले बर्नेसले एक गोल फर्काए ।

इमिरेट्स स्टेडियममा १३ औं मिनेटमा लाकाजेट्सको गोलबाट आर्सनलले अग्रता बनाएको थियो । तर, ४३ औं मिनेटमा बर्नेसले गोल गर्दै बर्नलीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर, खेलको ६४ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए ।

जितसँगै आर्सनलले २ खेलबाट ६ अंक जोडेको छ । बर्नलीको २ खेलबाट ३ अंक रहेको छ । बर्नलीको यो पहिलो हार हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *