प्रिमियर लिगः लिभरपुलको लगातार दोस्रो जित

डिसी नेपाल
१ भदौ २०७६ ६:२३

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार भएको खेलमा साउथह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो । लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । साउथह्याम्पटनका ड्यानी इन्ग्सले एक गोल फर्काए ।

घरेलु टिमविरुद्ध लिभरपुलले खेलको ४५ औं मिनेटमा मानेको गोलबाट अग्रता बनाएको थियो । ७१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुलको अग्रता २–० को बनाए ।त्यसपछि खेलको ८३ औं मिनेटमा साउथह्याम्पटनका ड्यानीले एक गोल फर्काएपनि घरेलु टोलीलाई हारबाट जोगाउन सकेनन् ।

जितसंगै लिभरपुलले २ खेलबाट ६ अंक जोडेको छ । र, लिभरपुल तालिकाको शीर्ष स्थानमा छ ।साउथह्याम्पटनको यो लगातार दोस्रो हार हो । दुई खेल सकिदा साउथह्याम्पटनले अंक जोड्न सकेको छैन ।




प्रतिक्रिया

One thought on “प्रिमियर लिगः लिभरपुलको लगातार दोस्रो जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *