‘भीएआर’ भिलेन हुँदा सिटी बराबरीमा रोकियो

डिसी नेपाल
१ भदौ २०७६ ७:३०

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटी टोटेनहमसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले बराबरी खेलेको हो । सिटीका लागि रहिम स्ट्रलिङ र सर्जियो अग्युरोले एक एक गोल गरे । टोटेनहमका एरिक लामेला र लुकास मौराले एक एक गोल गरे ।

इतिहाद स्टेडियममा खेलको २० औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा लामेलाले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काए । खेलको ३५ औं मिनेटमा अग्युरोले गोल गर्दै पहिलो हाफमा सिटीलाई २–१ को अग्रता दिलाए । तर, ५६ औं मिनेटमा टोटेनहमका मौराले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा सिटीका ग्राबियल जिससले गरेको गोलले मान्यता पाएन । जिससले गोल गरेपनि भीएआरले त्यसलाई अफसाइड भएको जनाएको थियो ।

यो बराबरीसँगै सिटीले २ खेलबाट ४ अंक जोडेको छ । सिटी लिगको तेस्रो स्थानमा रहेको छ । टोटेनहमको पनि २ खेलबाट ४ अंक रहेको छ । टोटेनहम पाँचौं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *